२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दीक्षित अधिकांश विद्यार्थीको अबको गन्तव्य विदेश


5.083k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)को ४९औं दिक्षान्त समारोहमा सोमबार विभिन्न संकाय र तहमा उपाधि प्राप्त झण्डै साढे १२ हजार विद्यार्थी दिक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयले यस वर्ष एकै पटकमा सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्व रेकर्ड पनि राखेको छ । तर, दीक्षित हुने विद्यार्थीहरुको अबको गन्तव्य भने विदेश नै रहने गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसबाट गत आर्थिक वर्षभित्रमा विभिन्न तह पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीमध्ये झण्डै साढे १२ हजारलाई सोमबार दीक्षित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथरंगशालामा आयोजित दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी दिक्षित भएका हुन् ।

दिक्षित हुनेहरुमा स्नातकतर्फ ८ हजार ९८ जना, स्नातकोत्तरतर्फ ४ हजार १०४, एमफिलतर्फ ४४ र विद्यावारिधितर्फ १ सय १२ जना दीक्षित भएका हुन् । त्रिविले सोमबार एकै पटक दिक्षित गरेको विद्यार्थी संख्या विश्व रकेर्ड समेत हो । तर गाउनमा सजिएर अभिवाकसँग समारोह स्थलमा पुगेका अधिकांश विद्यार्थीको योजना भने पढ्न होस् वा रोजगारीका लागि विदेश जाने नै रहेको पाइएको छ । बायो टेक्नोलोजीमा एमएससी गर्नुभएका विनोद खतिवडा पढ्नका लागि विदेश नै जाने योजनामा हुनुन्छ । दिक्षित विनोद खतिवडाको अबको गन्तव्य विदेश जाने रहेको छ । खतिवडा मात्र हैन गोल्ड मेडलीस्ट पलिस्था रञ्जीतकारले पनि नेपालमा पढाई अनुसारको रोजगारी नहुने भन्दै विदेशै जाने संकेत गर्नुभयो ।

प्रधामन्त्री पुष्प कमल दाहलले दिक्षिथ भएका विद्यार्थीहरुलाई आफुले पढेका कुराहरु नेपालमा नै लागु गर्न आग्रह गरिरहँदा सुनिता खकुरेलले भने २ दिनपछि नै विदेश जाने योजना रहेको सुनाउनुभयो । नेपालको सिष्टम देखि नै वाक्क भईसकेको भन्दै उहाँले विदेशनै रोजेको बताउनुभयो ।

सुनिता जस्तै अर्का विद्यार्थी निहा अधिकारी, नविना तण्डुकार र प्रतिमा कुंवर पनि विदेश नै जाने योजनामा हुनुन्छ । नेपालमा बस्न चाहे पनि नपालमा राम्रो रोजगारी नै नभएको उनीहरुको गुनासो छ ।

पछिल्लो समय पढे लेखेको वर्ग विदेश पलायन हुने फेशन नै बनिसकेको छ । देशभित्रको बेथिति, विकृति र बेरोजगारीले युवा पुस्ता पढ्दा पढ्दै दिक्दार हुने गरेको छ । वार्षिक लाखौंको संख्यामा क्रिम जनशक्ति विदेश पुग्दा पनि सरकार भने उनीहरुलाई स्वेदशमा अड्याउने योजना र नीति बनाउनेतर्फ कहिल्दै सोच्दैन ।