
काठमाडौं । नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा आज दुई खेल हुँदैछ । मंगलबार दिउँसो एक बजे हुने खेलमा स्पोर्टीङ इलामले ललितपुर सिटी एफ.सी.को सामना गर्दा साँझ ५ बजे बुटवल लुम्बिनी एफ.सी र पोखरा थन्डर्स भिड्नेछन् ।
आजका खेलहरुपछि प्रतियोगिताको प्ले–अफ्को समिकरण केही प्रष्ट हुनेछ । लिगमा सोमबार शीर्ष स्थानको धनगढी एफ.सीले चौथो स्थानको काठमाडौं रेजर्ससँग १–१ गोलको बराबरी खेलेको छ ।
एन.एस.एल फुटबलमा ६ खेलबाट १२ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहँदा ११ अंकसहित पोखरा थन्डर्स दोस्रोमा छ । तेस्रो स्थानको ललितपुर सिटीको १० अंक छ भने चौथो स्थानको काठमाडौं रेजर्सको ९ अंक भएको छ । बुटवल र झापाको ७–७ अंक छ ।
प्रतिक्रिया दिनुहोस्