
काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा अपराह्न ३ बजे बस्ने सचिवालयले जनाएको छ ।
बैठकको मुख्य एजेण्डा आगामी माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचन रहेको बताइएको छ ।
यसैगरि पार्टीले सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे बैठकमा छलफल हुने र अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि छलफल गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्