
एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको लागि खेलाडी लिलामी आज हुँदैछ । युएईको दुबईमा आज हुने अक्सनबाट अर्को वर्ष हुने आइपिएलको खेलाडी टुंगो लाग्नेछ ।
अक्सनमा कुल ३ सय ३३ जना खेलाडी सहभागी हुनेछन् । अक्सनको सर्टलिष्टमा २ सय १४ भारतीय, १ सय १९ विदेशी र दुई एसोसिएट खेलाडी सामेल छन् ।
एसोसिएट टिमबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा अक्सनको सूचीमा पर्दा नेपालका कुनैपनि खेलाडी सर्टलिष्टमा परेका छैनन् । तर पनि आइपिएलको कुनै टोलीले लिन चाहेको खण्डमा सुरुवाती ड्राफ्टमा रहेका नेपाली खेलाडीहरु लिन पाउने सुविधा भने अझै बाँकी छ ।
आज ३० विदेशीसहित कुल ७७ खेलाडी अक्सनमा बिक्न सक्ने कोटा बाँकी छ । आजको अक्सनमा अष्ट्रेलिया र न्युजिल्याण्डका केही खेलाडीहरुलाई महंगो रकम पाउनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्