२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रणमा लिन चाहेको छैन : योगेश भट्टराई


78
Shares

काठमाडौं । नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाउनुभएको छ ।

कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका बिखण्डनकारी गतिविधि गर्न लागेकाहरुलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको उहाँको जिकिर थियो ।

मंगलबार सचिव भट्टराईले मुलुकमा देखिएको बिखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराउनुभयो । उहाँले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा बिखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने बताउनुभयो ।

कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरुलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाई थियो ।

सचिव भट्टराईले कोशी प्रदेशमा पनि एमालेको वर्चश्व रहेको कुरा पार्टीको समृद्धिका लागि संकल्प यात्राले पनि पुष्टि गरेको बताउनुभयो ।