२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एनसेल छानविन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन : प्रधानमन्त्री दाहाल


91
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानविन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले समितिले दूरसञ्चार प्राधिकरणको नियमाकिय अधिकारमा कुनै हस्तक्षेप नगर्ने बताउनुभएको हो । सांसदहरुले एनसेल छानविन प्राधिकरण आफैँले गर्नसक्ने भएपनि समिति बनाइएको भन्दै समितिको काम, कारबाहीप्रति आशंका व्यक्त गरेका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले एनसेल प्रकरणमा प्राधिकरणले प्रचलित कानुन बमोजिम भए÷नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने बताउनुभयो । प्राधिकरणलाई कारबाही गर्न कसैले नरोकेको र समिति बनाएर रोक्ने मनशाय पनि नराखिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले एनसेल खरिद, बिक्री प्रक्रियामा राजस्व छलि, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणका सम्बन्धमा कानूनी व्यवस्थाको उल्लंघन भएको हो कि भन्ने चासो रहेको उल्लेख गर्दै यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पार्ने प्रभावका बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महशुस भएकोले समिति बनाइएको बताउनभयो ।

प्रधानमन्त्री दाहालले छानविन समितिको संयोजक टंकमणि शर्मा उपयुक्त पात्र भएको पनि बताउनुभयो ।