२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते


156
Shares

काठमाडौं । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

अछामको मंगलसेन नगरपालिका-६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो ।

हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का कार्बु लामाले चलाएको भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एक जना सामान्य घाइते भएका हुन् ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप पल्टिएको थियो ।