२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेप्से २१ सयमाथि पुग्यो, ६ अर्ब हाराहारीमा कारोबार


403
Shares

काठमाडौं । शेयर बजारमा उत्साह जारी रह्यो । मंगलबार पनि बजार परिसूचकले हाफ सेन्चुरी मार्दै नेप्से २१ सयमाथि पुग्यो ।

उतारचढावबीच बजार परिसूचक नेप्से ४६ अंकले उकालो लागेको बजार २१ सय ६ पुग्यो । सबै समूहमा हरियाली छाउँदा ६ अर्ब बराबरको कारोबार भयो । होटल तथा पर्यटन समूहमा उच्च ७ प्रतिशत बराबरको वृद्धि आयो । उत्पादन समूहमा पनि ५ प्रतिशत नजिककोको वृृद्धि आउँदा जीवन बीमा समूह ३ प्रतिशतले बढ्यो ।

वाणिज्य बैक र लगानी समूहमा पनि २ प्रतिशतमाथिको वृद्धि आयो । निर्जिबन बीमा समूह पनि २ प्रतिशतले उकालो लाग्दा बाँकी पनि अधिकांश समूह १ प्रतिशत हाराहारीले उकालो लागे ।

मंगलबार ३ सय १३ कम्पनीको १ करोड ६४ लाख कित्ता शेयर ५ अर्ब ९८ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । मंगलबार १ सय ८३ कम्पनीको शेयर मूल्य बढ्दा ५३ कम्पनीको घटेको नेप्सेले जनाएको छ । मंगलबार दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।