
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलनलाई अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।
मंगलबार आइतबारदेखि बसेको पार्टीको केन्द्रिय समितिको बैठकपछि निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले तत्काल प्रदेशमा रहेका सदस्यहरु फिर्ता लिने कुनै निर्णय नगरेको स्पष्ट पार्दै आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभइ प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने बताउनुभयो ।
अध्यक्ष लिङ्देनले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आह्वान समेत गर्नुभयो । समान धारा भएकाहरु मिलेर जानुको विकल्प नरहेको भन्दै अध्यक्ष लिङदेनले एकले अर्काको खुट्टा तान्ने काम बन्द गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष लिङदेनले सरकारको एक वर्षे कार्यकाल सुखद् नभएको र देश अर्थतन्त्रसहित सर्वाङ्गिण हिसावले अधोगतितर्फ गएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्