९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मलाई अझ धेरै भ्रष्टाचार र माफियामाथि हान्न मन छ : प्रधानमन्त्री दाहाल


286
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताउनुभएको छ ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको बताउनुभएको हो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिवद्धता गरेअनुसार काम गर्न नसकेको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले आफूले नेपालको अन्तर्राष्ट्रिय छविलाई पनि माथि उठाएको दाबी गर्नुभयो । आफू नेपालको कुटनीतिक अवस्था, सन्तुलन र राष्ट्रिय हितलाई केन्द्रमा राखी आक्रमक ढंगले अगाडी बढेको पनि उहाँको भनाई छ ।

प्रधानमन्त्री दाहालले विभिन्न प्रकरणहरुको प्रकृतिअनुरुप कारबाही प्रक्रिया पनि अगाडि बढाइएको बताउनुभयो ।