२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एनसेल प्रकरणमा मेरो र छोरीको नाम जोड्नु गणतन्त्रविरुद्धको हमला : प्रधानमन्त्री दाहाल


338
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमला भएको बताउनुभएको छ ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमला भएको बताउनुभएको हो । उहाँले कतिपय मानिसहरु आफूलाई ‘ह्युमुलेट’ र ‘डिप्रेश’ नगरेसम्म व्यवस्था उल्टिँदैन भनेर त्यही ढंगले लागेका बताउनुभयो ।

प्रधानमन्त्री दाहालले एनसेल प्रकरणमा आफ्नो परिवारमाथि लगाइएको आरोप झुठो भएको बताउनुभयो । उहाँले लगाइएको आरोपहरु सावित नहुने पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिद, बिक्री गर्नेहरुलाई आफूले चिनेको भएपनि कानून, संविधान र प्रणालीको बिरुद्धमा गए नछोड्ने बताउनुभयो । चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उहाँको भनाई छ ।