
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर किनबेच प्रकरणमा गडबढी देखिएको बताउनुभएको छ ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले एनसेल शेयर किनबेच प्रकरणमा पहिलो दृष्टिमै गढ्बढी देखिएको बताउनुभएको हो । उहाँले सो प्रकरणमा जालझेल भएको कुरामा आफू स्पष्ट रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०७२/०७३ को भ्यालुएसन १४३ अर्ब हुँदा अहिलेको भ्यालुएसन २०० अर्बको हुनुपर्ने भन्दै ६ अर्बको भ्यालुएसन गर्नु जालझेल भएको बताउनुभयो । एनसेलले आफ्नो स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण नगर्ने नियत राखेको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले कानूनी छिद्रलाई टाल्ने र एनसेल बिरुद्धको लडाइँमा जुनसुकै मूल्य चुकाउनका लागि पनि आफु तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले विगतमा आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि एनसेललाई कर तिराएको स्मरण गराउनुभयो । त्यसबेला नेपालले मुद्दा जितेर नेपालको ६५ अर्ब जोगिएको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्