२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एनसेलविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश


312
Shares

काठमाडौं । एनसेलविरुद्धको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

एनसेलको शेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार यस्तो आदेश गरेको हो । अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिटमा मंगलबार भने सुनुवाइ भएको हो ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिद–बिक्री भएको दाबी गर्नुभएको छ । रिटमा एनसेल आजियाटाको नेपालस्थित कार्यालय, दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार मन्त्रालयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ ।