१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा पक्राउ पर्नेको संख्या ३४ पुग्यो


3.107k
Shares

काठमाडौं । नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा हालसम्म ३४ जना पक्राउ परिसकेका छन् ।

यो प्रकरणमा पाँच वटा एअरलाइन्सको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसमा संलग्न पाँच वटा एअरलाइन्सका कर्मचारी संलग्न भएको आशंकामा अनुसन्धान प्रक्रिया अघि बढाईएको छ ।

भिजिट भिसामा जानका लागि दुबैतर्फको टिकट अनिवार्य हुनुपर्ने व्यवस्था रहेकोमा यी एअरलाइन्सका कर्मचारी र एजेन्टको मिलमतोम मानव तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको हो ।

भिजिट भिसामा जानेहरुको हकमा नेपाल फिर्ता हुने टिकट एअरलाइन्सकोे कर्मचारीको सेटिङमा नक्कली टिकट बनाएर नेपाली युवा–युवतीलाई विभिन्न मुलुक पु¥याइएको अनुसन्धानबाट खुलको हो ।

भिजिट भिसामा विभिन्नु मुलुक पु¥याएवापत एअरलाइन्सहरुले प्रतिव्यक्ति १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म लिने गरेको र अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्म ४० देखि ५५ हजारसम्म दिई सेटिङ मिलाउने गरेको अनुसन्धानबाट खुलेको हो ।

पक्राउ पर्नेमा बिभिन्न एअर लाइन्स र नेपाल वायु सेवा निगमका कर्मचारी, कन्सल्टेन्सी सञ्चालकदेखि प्रहरी र एजेन्ट रहेका छन् ।