५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नेपाल सुपर लिग फुटबलमा आज धनगढी र झापाको भिडन्त


338
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुधबार धनगढी एफ.सी झापा एफ.सीसँग सामना गर्दैछ । लिग तालिकामा दोस्रो स्थानमा रहेको धनगढी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । उता झापा पनि आजको खेल जित्दै प्ले–अफ्को संभावना जिवित राख्न चाहन्छ ।

मंगलबार भएको खेलमा बुटवल लुम्बिनीलाई १–० ले हराउँदै पोखरा थन्डर्स प्रतियोगिताको प्ले अफ्मा पुगेको छ । पोखराको यो जितले धनगढीलाई पनि प्ले अफ्मा पु¥याएको छ ।

लिगमा ७ खेलबाट १४ अंक जोडेको पोखरा शीर्ष स्थानमा रहँदा ६ खेलबाट १२ अंक जोडेको धनगढी दोस्रोमा छ ।

तेस्रो स्थानको ललितपुर सिटीको ७ खेलबाट १० अंक भएको छ भने ६ खेलबाट ९ अंक जोडेको काठमाडौं रेजर्स चौथो स्थानमा छ ।

सबै खेल सकाएको पाँचौ स्थानको स्पोर्टीङ इलाम लिग चरणबाटै बाहिरिएको छ । बुटवल र झापाको पनि प्ले अफ्मा पुग्ने संभावना बाँकी छ ।