२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


न्यायाधीशमा सिफारिस भएका ६ जनाबारे सुनुवाइ समितिले आज निर्णय गर्दै


91
Shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय सुनाउँदैछ ।

गत मंसिर ५ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले मंसिर २९ गते थालेको प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ सोमबार सकाएको हो । सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उहाँहरू नियुक्तिका निम्ति योग्य हुनुहुनेछ ।