
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
सर्वोच्च अदालतको न्यायाधीश पदमा न्याय परिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई बुधबार बसेको सुनुवाइ समितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको जनाइएको छ ।
समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । नियुक्तिसंगै सबै ६ जनाले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्चको न्यायाधीशका रूपमा काम सुरु गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्