
फाइल तस्बिर
काठमाडौं । सरकारले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६३५ रुपैयाँ तोकेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६३५ रुपैयाँ तोकेको हो ।
जसमा प्रतिक्वीन्टल ५६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो । उहाँले बैठकमा सरकारको एक वर्षको कार्यप्रगतिबारे समीक्षा गरेको पनि बताउनुभयो ।
प्रवक्ता शर्माले बैठकमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकारका कामकारबाही तिब्र गतिमा बढाउनुपर्ने, निर्णय प्रक्रिया, ऐन, कानून निर्माणमा सुधार गर्नुपर्ने विषयमा प्रश्तुति राख्नुभएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्