
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ ले वडा स्तरीयअन्तर विद्यालय शैक्षिक सामाग्री प्रदर्शनी गरेको छ ।
वडा भित्रका १० विद्यालयको सहभागिता रहेको प्रदशनीमा विद्यार्थीहरूले विज्ञान प्रविधि तथा हस्तकलाका सामाग्री प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न उनीहरूको रुचि अनुसार विभिन्न हस्तकला र विज्ञानका सामाग्रीहरू बनाउन लगाई प्रदशनिमा राखिएको वडा अध्यक्ष प्रमोद आचार्यले बताउनुभयो ।
त्यस्तै, विद्यालयमा सिकाइएका विषयवस्तुलाई प्रत्यक्ष रूपमा शैक्षिक सामाग्री निर्माण गरी प्रदर्शन गर्दा त्यसले शैक्षिक क्षेत्रमा फड्को मार्न सफल भएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।
अन्तर विद्यालय स्तरीय प्रतियोगिताले बालबालिकाहरूलाई प्रतिभा प्रस्फुटनको साथै एक अर्का विद्यालयको अवलोकन गर्ने अवसर सिर्जना गर्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्