
काठमाडौं । शेयर बजार परिसुचक नेप्सेमा ३५ अंकले वृद्धि भएर २१ सय ४१ अंकमा बन्द भएको छ ।
बिहीबार कारोबारमा आएका १ सय ६१ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा ७८ कम्पनीको भने घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।
बिहीबार ३०६ कम्पनीको १ करोड १९ लाख कित्ता शेयरको ७ अर्ब माथिमा खरीदबिक्री भएको छ । बिहीबार उत्पादन तथा प्रशोधन उपसमूहको सर्वाधिक ७ प्रतिशतले वृद्धि भएकोछ भने लगानी र व्यापार उपसमूहको ६ प्रतिशतले वृद्धि हुँदा जलविद्युत उपसमूहको १ प्रतिशतले वृद्धि भएको छ ।
बिहीबार होटल तथा टुरिजमको १ प्रतिशत र निर्जीवन बीमा कम्पनी उपसमूहको सामान्य अंकले घटेको छ । बिहीबार एक दर्जन कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । बोटर्लस नेपाल, हिमालयन डिष्ट्रीलरी लिमिटेड, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड, एन आर एन इन्फास्ट्रक्चर विकास बैंक लिमिटेड लगायतको शेयरमूल्य १० प्रतिशत माथिले वृद्धि भएको छ ।
बिहीबार कुमारी धनवृद्धि योजना,नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेड,माथिल्लो मैलुग खोला जलविद्युत लगायतको शेयरमूल्य भने ३ प्रतिशत माथिले घटेको छ । बिहीबार शिवम् सिमेन्ट लिमिटेडको कारोबार रकमको आधारमा सर्वाधिक कारोबार भएको छ । जसको ३७ करोड माथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्