
सर्लाही । सर्लाहीका उखु किसानले ४ घण्टा राजमार्ग अवरुद्ध गरेका छन् ।
बढ्दो महँगी अनुसार उखुको मूल्य तोक्न माग गर्दै उनीहरुले सर्लाहीको हरिवनमा महेन्द्र राजमार्ग अवरुद्ध गरेका हुन् ।
सरकारले उखुको न्युनतम् मूल्य तोक्ने र किसानको बक्यौता दिने निर्णय गरे पनि उखु किसानहरुले आन्दोलन जारी राखेका हुन् ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले किसानको खातामा अनुदान रकम नआउँदासम्म आन्दोलन जारी रहने बताउनुभयो । यस्तै, उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले बिहीबार दिउँसो पनि हरिवनमै राजमार्गमा चक्काजाम गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्