२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाली सेनाभित्र जन्ममितिमा विवाद छैन : प्रधानसेनापति शर्मा


455
Shares

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरुको जन्ममितिमा विवाद झिकिदिएका बताउनुभएको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले नेपाली सेनाभित्र कसैको पनि उमेरमा विवाद नभएको बताउनुभएको हो ।

नेपाली सेनाका तत्कालिन उपरथी ताराध्वज पाण्डे र नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नभएको बताउनुभएको हो । उहाँले आफुहरुले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ति सबै कागजपत्र हेर्दा उमेरमा विवाद नदेखिएको स्पष्ट पार्नुभएको हो ।

प्रधान सेनापति शर्माले सेनालाई गिराउन खोज्ने तत्वले अनावश्यक विवाद निकालेका बताउनुभयो । उहाँले कागजात सही हुँदाहुँदै पनि उपरथी पाण्डेले विवादमा परेपछि आफूसँगको सल्लाहमा नै राजीनामा दिएको उल्लेख गर्नुभयो ।

प्रधान सेनापति शर्माले विवाद ल्याउनेहरु गलत भएमा कारबाही गर्ने कानुनी व्यवस्था हुनुपर्ने बताउनुभयो । जसलाई जे मन लागेपनि बोल्न पाइने भएकाले यस्ता विवादहरु निकालिने गरेको उहाँको भनाई छ ।