२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


समावेशीता र फरमुल्लाह मन्सुर


2.873k
Shares

प्रवेज आलम अन्सारी

राजनीति सत्ता र शक्तिको खेल मात्र हैन । समाज र राष्ट्रलाई नै कुन मार्गमा लैजाने भन्ने निर्धारण राजनीतिले गर्दछ । यदि असल नेताले मुलुकलाई नेतृत्व गर्ने अवसर पायो भने समाजको परिवर्तनसँगै भावी पुस्ताले समेत त्यो बाटोलाई पछ्याउन थाल्छ । परिणाम स्वरूप समाज विकासको गति प्रगतिउन्मुख हुन्छ । तर एउटा गलत नेताको हातमा शासन सत्ता पुग्यो भने नँया पुस्ता र सिङ्गो समाज पनि भ्रष्टिकरणको बाटोतर्फ उन्मुख हुन्छ ।

यो हेर्दा सामान्य कुरा जस्तो लाग्न सक्छ तर यथार्थमा गम्भीर विषय हो । राजनीति किन गरिन्छ, के का लागि गरिन्छ अथवा एउटा मानिसले आफ्नो जीवन राजनीतिक जीवन किन समर्पित गरेको हुन्छ रु सामान्यत यसको उत्तर दिने गरिन्छ-देश र जनताको लागि । के यथार्थमा हाम्रो राजनीतिमा त्यस्तो पाइन्न्छ त रु नेताहरुको जीवनशैली आफुले अङ्गालेको बिचार जस्तै छ त रु यि यावत बिषायहरु आजको राजनीतिमा खोजी हुनुपर्छ। त्यसैगरी सत्तामा पुगेपछि भ्रष्ट हुने रोग नेपाली नेताहरुको पहिचान नै बनिसकेको छ । अधिकांश व्यक्तिहरु कुनै न कुनै काण्डमा जोडिएको पाइन्छ । सत्तामा पुग्नु आफैंमा जटिल विषय । त्यसमा पनि सत्तामा बसेर निस्कलङ्क आफ्नो छबि बचाएर निस्कनु झन ठूलो चुनौतिपुर्ण देखिन्छ ।

यस्तै, नेपाली राजनीतिका एकजना पात्र हुन– फरमुल्लाह मन्सुर । उनी दुई पटक मन्त्री ,तीन पटक सांसद समेत भए । ‘राजनीतिलाई पेसा हैन सेवा बनाउनु पर्दछ’ तर यहाँ यस विषयलाई ठिक बिपरित बनाउन खोजिदैछ जुन दुर्भाग्यपूर्ण छ’ मन्सुरको भनाइछ । हाल कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्सुर बीपी कोइरालासँगै प्रभावित भएर नै राजनीतिमा लागेको नेता हुन । जति लोकतन्त्रमा समावेशीता हुन्छ उति नै यो मजबुत हुन्छ र राष्ट्रिय एकताको जग पनि बलियो बन्दै जान्छ ।’

एउटा सामान्य मुस्लिम परिवारमा जन्मिएर आफ्नो जीवन नै राजनीतिमा समर्पित मन्सुर संविधानले नै समावेशीताको अधिकारलाई सुरक्षित गर्दा पनि सांसद बन्न सकेनन् । पार्टीको विधानमा व्यवस्था हुँदाहुँदै र देशको संविधानले समेत समावेशीताको मुलमर्म बमोजिम समानुपातिकको व्यवस्था गरेतापनि नेपाली कांग्रेसको प्रतिनिधिसभामा समानुपातिकतर्फ उनी अटाउन सकेनन् । जुन समावेशी लोकतन्त्रको उपहास हो ।

एकातिर मुस्लिमतर्फबाट सहमहामन्त्री अर्कोतर्फ नेपाली राजनीतिका बेदाग मध्येका एक फर्मुल्लाह मन्सुर जस्ता राजनीतिकर्मीलाई पार्टीले स्थान नदिनु पार्टी भित्र समावेशीता विरोधिहरु हावी हुनु त हुँदै हो अर्कोतर्फ राजनीतिमा इमान्दारिताको खडेरी हुँदै जानु हो । आसन्न राष्ट्रिय सभा निर्वाचनमा अनेक चर्चा परिचर्चा चलिरहँदा पहिलो पटक मुस्लिम समुदायबाट कांग्रेसको उपल्लो तह (सहमहामन्त्री)मा पुग्ने व्यक्तित्व फरमुल्लाह मन्सुर हुन । उनै मन्सुरलाई रिक्त रहेको माथिल्लो सभामा लैजादा कांग्रेस भित्र मात्र हैन देशमा पनि एउटा सकारात्मक सन्देश जाने छ । हाम्रो देश अनेक जातजाति, भाषा ,धर्म र सम्प्रदायबाट शुुसोसोभित छ ।

राष्ट्र निर्माणदेखि हरेक परिवर्तनमा सबैको उत्तिकै योगदान छ । यसर्थ आसन्न रास्ट्रियसभाको निर्वाचनमा नेपाली राजनीतिका इमान्दार ,सादगी र स्वच्छ छवीका फरमुल्लाह मन्सुरलाई पार्टीले अगाडि सारेर समाबेशीताको सकारात्मक सन्देश दिने छ । जसका कारण संविधानले व्यवस्थाको गरेको समावेशीको व्यवस्था कार्यान्वयनमा आएको महशुस हुने छ ।