२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


टिआरसी विधेयक सर्वसम्मतिबाट नटुंगिए प्रक्रियागत रुपबाट टुंग्याउनुपर्छ : सभामुख घिमिरे


195
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सर्वसम्मतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिन नसके प्रक्रियागत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले सबैको साझा समस्या भएकाले सकेसम्म सर्वसम्मत रुपमा टुंग्याउनुपर्ने र सर्वसम्मत हुन नसके प्रक्रियागत रुपमा टुंग्याइ कार्यान्वयनको चरणमा लैजानुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले एकले अर्कोलाई दोष देखाएर नभइ जिम्मेवारीमा बसेको बेलामा यसको समाधान खोज्नुपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवि, राजनीतिज्ञहरु सबै मिलेर शान्ति प्रक्रियाका बाँकी काम ढिलो नगरी टुंग्याउनुपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम अमुकअमुक नेताहरुको अघि सारेर मात्रै नटुंगिने आशंका व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले टिआरसीसँग सम्बन्धित विधेयक समितिबाटै सबैले टुंग्याउन पहल गर्नुपर्ने बताउनुभयो ।