
फाइल तस्बिर
काठमाडौं । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौं आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।
सो जहाज युएईको सारजाह विमानस्थलबाट बुधबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्