
काठमाडौं । नेपाल नगरपालिका संघले राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ आयोजना गर्ने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो बताएको हो ।
नेपाल नगरपालिका संघले शहरी वातावरण अन्तर्गत खानेपानी, सरसफाई र स्वच्छताका विषयहरुमा तीन तहका सरकारबीच समन्वय र नीतिगत पैरवी गर्नका सम्मेलन गर्न लागेको जनाएको छ ।
खानेपानी सरसफाई र स्वच्छता हामी सबैको साझा विषय भएकाले सबैले साथ रसहयोग गर्नुपर्ने नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताउनुभयो । सम्मेलन एकदिन चल्ने पनि अध्यक्ष ढुंगानाले बताउनुभयो ।
उहाँले दिगो विकास लक्ष्य हासिल गर्न समेत टेवा पुग्नेगरी सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्