
सिन्धुली । सिन्धुलीगढीमा तात्कालीन गोर्खाली र अंग्रेजबीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीगढीमा भित्रिएको छ ।
सिन्धुलीगढीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका मध्यपुर्वी पृतनाका पृतनापति प्रेमध्वज अधिकारीबाट कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेललाई करिव २ सय ५६ वर्ष अगाडिको तोप सिन्धुलीगढी युद्ध संग्र्रहालयमा राख्न हस्तान्तण गर्नु भएको हो ।
वि स. १८२४ ताका सिन्धुलीमाढीको जीतपुर÷लब्दाह खोला छेउमा गोदार थापा र मगर लडाकुहरुको संयुक्त फौजले इष्ट इण्डिया कम्पनीका सेना टमस हार्डी र इन्साईन किथ नेतृ्त्वको कम्पनी फौज उपर चम्पनसिहं थापा नेतृत्वको फौजले धानखेतमा आक्रमण गरि सो तोप खोसेका थिए ।
वि सं २०३७ सालसम्म सो तोप सिन्धुलीगढीमा नै रहेपनि पछि तत्कालीन शाही नेपाली सेनाले वीरगञ्ज लगेको थियो । करिव २ पाथी गोली र बारुद जाने यो तोप उसबेला गोर्खालीहरुका लागि मात्र नभइ काठमाण्डौ उपत्यकाका लागि पनि नौलो प्रकारको तोप मानिन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्