
काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
राष्ट्रपति पौडेलले बुधबार नियुक्त गर्नुभएका सर्वोच्चका ६ जना न्यायाधीशहरुले आज दिउँसो शपथ ग्रहण गर्ने कार्यक्रम हुन लागेको हो ।
राष्ट्रपति पौडेलले आज दिउँसो ३ बजे शीतल निवासमा शपथग्रहण गराउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संसदीय विशेष सुनुवाइ समितिले ६ जना न्यायाधीशको नाम अनुमोदन गरेसँगै बुधबार राष्ट्रपति पौडेलले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्