१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१६ औं योजना तर्जुमा गर्दैछौं : योजना आयोग


0
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले मुलुकको आर्थिक, सामाजिक रुपमा नयाँ ड्राइभ (गति) दिने र बनाएका योजना कार्यान्वय हुनेगरी १६ औं योजना तर्जुमाको तयारी गरेको बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगले १६ औं योजना तर्जुमा मुलुकको वर्तमान अवस्थालाई नयाँ ड्राइभ दिनेगरी योजना छनोट र कार्यन्वयन लक्ष्य गरी तीन विषयलाई प्राथमिकतामा राखेर योजना बनाउन लागेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औं योजनामा आयोगले मुलुकलाई नयाँ ड्राइभ दिने, वर्तमान आवश्यक योजना छनोट र कायान्यनको लक्ष्य गरी तीन कुरालाई प्राथमिकतामा राखेको योजना तर्जुमा गर्न लागिएको बताउनुभयो । उहाँले १६ औं योजनामार्फत मुलुकलाई नयाँ ड्राइभ दिनु आवश्यक रहेकाले मुलुकको सम्भवना र आवश्यकताका आधारमा आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा नयाँ ड्राइभ दिने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्र र योजना आयोगले लिएको कुल गार्हस्थ्य उत्पादन वृद्धिको लक्ष्यमा फरक रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले सरकारले आफ्ना मागहरु पूरा गरिदियो भने सय खर्ब पुग्ने लक्ष्य महत्वकांक्षा लिएको तर योजना आयोगले व्यवहारिकतालाई हेरेर लक्ष्य हासिल गर्नेगरी ८० खर्बको प्रारम्भिक लक्ष्य राखेको दाबी गर्नुभयो ।

उपाध्यक्ष श्रेष्ठले १६ औं योजनामा मुख्य के-के गर्ने भन्ने तर्जुमा गर्न बाँकी रहेको बताउनुभयो । उहाँले पाँच वर्षमा जलविद्युतमा हुने लगानीबाट उत्पादन हुने विद्युत, कृषि ,भौतिक पूर्वाधारमा भएका लगानीले अर्थतन्त्र ल्याउने वृद्धिलाई आँकलन गरेर ८० खर्बको प्रभारम्भिक लक्ष्य दिएको बताउनुभयो । उहाँले १६ औं योजना १४ र १५ औं योजनासँग तुलना योग्य नभएको बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले १४ औं योजना त्रिवर्षिय योजना भएकाले १४ औं योजनाले राखेको लक्ष्य पूरा गरेको बताउनुभयो । जुन ७.३ प्रतिशत लक्ष्य राखिएकोमा ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल भएको बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को बजेट तयारी कार्यको कार्य अघि बढाउन सम्बन्धित मन्त्रालय र निकायहरुमा पत्राचार गरेको बताउनुभयो । उहाँले गत मंसिर २८ गते नै यस सम्बन्धमा पत्राचार गरिसकेको आयोगले बजेट तयारी कार्यमा विभिन्न विषयलाई उच्च प्राथमिकतामा राख्न भनि सकिएको बताउनुभयो । उहाँले राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट भई आवश्यक मापदण्ड पूरा गरेका आयोजना तथा कार्यक्रममा मात्र बजेट विनियोजन गर्नेगरी बजेट बनाउन आग्रह गरिएको बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले बजेट तयारीमा पर्याप्त गृहकार्य गरेर हरेक कार्यक्रमको लजिकसहित कार्यक्रम प्रश्ताव गर्ने, मापदण्ड पूरा नगरेका आयोजनालाई बजेटमा समावेश नगर्ने गरी व्यवस्था मिलाउन पनि पत्राचार भएको बताउनुभयो । उहाँले राष्ट्रिय योजना आयोगले बजेट तर्जुमादेखि संसदमा बजेट भाषण गर्नेसम्मका कार्य तालिकालाई प्रणालीगत सुधार गर्न कार्यविधि बनाएको पनि बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले १६ औँ योजनामा माघमा सकाउने योजना आयोगको योजना रहेको बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले प्रदेश र स्थानीय तहले आफ्नो तरिकाले बजेट बनाउने तर संघीय बजेट धेरै चरणमा छलफल हुने बताउनुभयो । उहाँले प्रदेश र स्थानीय तहले पठाएका योजनामा अन्तिममा सम्बन्धित मन्त्रालयसँग बसेर छलफल गरेर टुंग्याउने बताउनुभयो । राष्ट्रिय योजना आयोगले बजेट तर्जुमादेखि संसदमा बजेट भाषण गर्ने सम्मका कार्य तालिकालाई प्रणालीगत सुधार गर्न कार्यविधि बनाएको जनाएको छ । आयोगले बजेट क्यालेण्डर परिमार्जनसम्बन्धी उक्त कार्यविधि मन्त्रिपरिषद्मा पुगेको पत्रकार सम्मेलनमा बताएको हो ।