१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चमा नियुक्त ६ न्यायाधीशले लिए शपथ


0
Shares

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशहरुले पदथ तथा गोपनीयताको शपथ लिनुभएको छ ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधशि विश्वम्भरप्रसाद श्रेष्ठले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि बुधबार राष्ट्रपति पौडेलले न्यायाधीशहरु सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।