
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गर्नुभएको छ ।
बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताउनुभयो ।
सभापति देउवाले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रुपमा स्थापित गर्न नेता/कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न काँग्रेसले काम गरिरहेको बताउनुभयो ।
सभापति देउवाले आगामी दिनमा कांग्रेसको एकल सरकार बनाउन सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्