
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरु हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीबार पार्टीको मधेश प्रदेशको अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले संघीयतासँग जोडिएका कानूनहरु बनाउन ढिलो भएको र सरकार त्यसमा चुकेको बताउनुभयो ।
मन्त्री खड्काले वर्तमान सरकार संघीय ऐनहरु तत्काल निर्माण गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले संघीय निजामति सेवा ऐन, संघीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत अन्य संघीय ऐनहरु आउने हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्ने तयारी रहेको बताउनुभयो ।
उपसभापति खड्काले काँग्रेस सरकारमा गएपछि विभिन्न संघीय ऐनहरु निर्माणमा जोड दिइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्