१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बेलगाम अभिव्यक्तिको कुतर्क गर्न व्यस्त मन्त्री किराँती


0
Shares

गृष्मा राजभण्डारी र कोमल शेरचन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराँतीले सार्वजनिक कार्यक्रममा दिएको विवादस्पद अभिव्यक्ति यतिबेला निकै चर्चामा छ । अभिव्यक्तिलाई लिएर एकातिर चर्को आक्रोस प्रकट भएको छ भने अर्कोतिर मन्त्री किराँतीको वचावमा लाग्ने पनि उत्तिकै मुख्खर बन्दैछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अभिव्यक्तिले राजनैतिक वृत्तमा तरंग ल्याएको छ । राजनीतिक मात्र नभई धार्मिक सांस्कृतिक क्षेत्रमा समेत यसले आक्रोस सिर्जना गरेको छ । उहाँको अभिव्यक्तिलाई लिएर प्रदर्शन समेत भएका छन् भने राजीनामा समेत माग भएको छ ।

मन्त्री किराँतीले क्रिस्चियन समुदायको कार्यक्रममा पुगेर क्रिस्चियन धर्म नमान्नेलाई संविधान विरोधी र देशद्रोहीको संज्ञा दिँदै हतकडी ललाउनुपर्ने अभिव्यक्ति दिएपछि यस्तो आक्रोस बढेको हो । उहाँको अभिव्यक्ति धार्मिक सद्भाव विथोल्ने, घृणा फैलाउने र हिंसालाई प्रवद्र्धन गर्ने प्रवृत्तिको रहेको टिप्पणी गरिएको छ । सामाजिक सञ्जालमा यस्तो अभिव्यक्तिको व्यापक आलोचना भइरहे पनि प्रधानमन्त्री र उहाँ सम्बद्ध पार्टी माओवादी केन्द्रले भने खुलेर कुनै प्रतिक्रिया दिएको छैन । नेकपा माओवादी केन्दीकी नेता पम्फा भुसालले मन्त्री किराँतीको अभिव्यक्ति न पार्टीको न सरकारको भएर नितान्त व्यक्तिगत भएको बताउनुभयो ।

अन्य राजनीतिक दलका नेताहरुले भने खुलेर आलोचना गरेका छन् । एमाले नेता गोकुल बास्कोटाले देशमा विभिन्न धर्मका मानिसहरुको संख्या ९८ प्रतिशत रहेको यी सबैलाई जेल हाल्ने हुती छ भनी सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको छ । यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न प्रधामन्त्रीसग माग गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि मन्त्री किाराँतीको अभिव्यक्तिले सामाजिक सद्भाव, सहिष्णुता खल्बाउने कार्य गरेको भन्दै प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

राप्रका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले पनि यस किसिमका नेता समाजका लागि घातक भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री किराँतीले पदमा रहँदा नगरेको कामको फेरिस्त प्रस्तुत गर्दै पराई धर्मको प्रचारका लागि मन्त्री बनेको भन्दे व्यंग्य गर्नुभएको छ ।

यता, एमालेका नेता राजन भट्टराइले नेपाल धर्मनिरपेक्ष देश भएकाले आ आफनो धर्म मान्ने अधिकार सबैमा रहेको भन्दै मन्त्ती किराँतीको अभिब्यक्तिले देशमा द्धन्द्ध निम्तने सम्भावना बढेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित क्रिस्चिएन महोत्सवमा जिजस क्राइस्टलाई विद्रोही नेताका संज्ञा दिँदै सो धर्मको खुलेर समर्थन गर्नुभएका मन्त्री राईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिजस क्राइस्टको रुपमा तुलना समेत गर्नुभएको थियो । त्यतिमात्र होइन कहाँ उहाँले अरु धर्म मान्ने जतिलाई मुर्दाबाद भन्दै गाली गलौजसमेत गर्नुभएको थियो ।

मन्त्रीको यस्तो उत्तेजक अभिव्यक्तिलाई लिएर उहाँमाथि आक्रोस बढिरहेकोले यसलाई थप अराजक बन्न नदिन प्रधानमन्त्रीले तत्काल ठोस कदम चाल्न आवश्यक छ ।