१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वीरगञ्जको सानदार जित, काठमाडौं पराजित


0
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्समाथि वीरगञ्ज युनाइटेडले सानदार जित निकालेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंलाई ४–१ गोलले हराउँदै वीरगन्जले फराकिलो जित निकालेको हो ।

पाँचौं स्थानमा रहेको काठमाडौं रेजर्स पुछारमा रहेको वीरगञ्ज युनाइटेडसँग पराजित भएपछि प्लेअफ होड रोमाञ्चक बनेको छ । काठमाडौंलाई पराजित गरेको वीरगञ्ज ८ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । यो जित पछि वीरगञ्जले पनि प्ले अफमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

पराजित भएको काठमाडौं ९ अंकसहित पाँचौं स्थानमा रहेको छ । अब अन्तिम खेलबाट प्लेअफको टुंगो लाग्ने अवस्था आएको छ । अब अन्तिम खेलमा काठमाडौं र ललितपुर भिड्ने छन् ।

एनएसएलमा लिग तालिकाको शीर्ष दुई टोलीले सिधै फाइलनमा छनोट हुने क्वालिफायर खेल खेल्ने छन् । क्वलिफायरमा पराजित हुने टोलीले लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउने छ ।