१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल सुपर लिग फुटबलमा आज पोखरा र धनगढी तथा झापा र चितवन भिड्ने


273
Shares

काठमाडौं । नेपाल सुपर लिग फुटबल (एनएसएल) फुटबलमा शुक्रबार दुई खेल हुनेछन् । दिउँसो १ बजे शीर्ष स्थानको पोखरा थन्डर्सले दोस्रो स्थानको धनगढी फुटबल क्लवको सामना गर्नेछ । यसैगरि साँझ ५ बजे हुने खेलमा चौथो स्थानको झापा फुटबल क्लबले पुछारमा रहेको चितवन एफ.सीको सामना गर्नेछ ।
यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा काठमाडौँ रेजर्सलाई हराउँदै वीरगञ्ज युनाइटेडले प्ले अफ् पुग्ने संभावना जिवित राखेको छ । हिजो भएको खेलमा वीरगञ्जले काठमाडौँलाई ४–१ ले हरायो ।

जितसँगै वीरगञ्ज ७ खेलबाट ८ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित भएको काठमाडौं ९ अंकसहित पाँचौं स्थानमा यथावत छ । अन्तिम खेलमा काठमाडौं र ललितपुर भिड्ने छन् भने वीरगञ्जले बुटवल लुम्बिनीको सामना गर्नेछ ।