२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्छ : सभामुख घिमिरे


78
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनभएको हो । उहाँले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढीरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताउनुभयो । उहाँले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले विमानस्थलहरु बनाउनेकुरामा सफलता हात लागेपनि त्यसको सञ्चानबारे कुनैध्यान नपुगेको बताउनुभयो ।