
काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले नेपाली कांग्रेसको वरिष्ठ नेताको बारेमा अहिले चिन्ता कसैले पनि लिनु नपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस बागमती प्रदेशको पत्रकार सम्मेलनमा बोल्दै सभापति बानियाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसको मर्यादाक्रममा वरिष्ठ नेतामा पार्टीले कुनैपनि निर्णय नगरेको बताउनुभयो ।
सभापति बानियाँले बागमती प्रदेशको प्रदेश अधिवेशन विधान र प्रक्रिया बमोजिम अहिले बनाएको मर्यादाक्रम अनुसार नै आसनग्रहण हुने बताउनुभयो । उहाँले स्व. गिरिजाप्रसाद कोईरालाले पार्टी एकता हुँदा काँग्रेसको माइन्युटमा नै शेरबहादुर देउवा वरिष्ठ नेता भनेको र त्यसपछि अहिलेका वर्तमान सभापति शेरबहादुर देउवा पार्टी सभापति हुँदा माइन्युट गरेरै रामचन्द्र पौडेललाई वरिष्ठ नेता तोके बाहेक कसैलाई पनि पार्टीको विधानअनुसार वरिष्ठ नेता नतोकिएको स्पष्ट पार्नुभयो ।
सभापति बानियाँले बागमती प्रदेशले वधि, पद्धतिअनुसार प्रदेश अधिवेशन अघि बढाउने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्