१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्री किराँतीको अभिव्यक्तिको विरोधमा शुक्रबार पनि प्रदर्शन


390
Shares

काठमाडौं । सस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीको विवादास्पद अभिव्यतिको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार पनि विरोध प्रदर्शन गरेको छ ।

पशुपतिको वनकाली क्षेत्रमा राप्रपाले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले मन्त्री किराँतीको विरोधमा नारा लगाउनुका साथै तत्काल राजीनमा दिन माग गरेका थिए । कार्यक्रमका बक्ताहरुले किराँतीले राजिनामा नदिएसम्म विरोध कार्यक्रम जारी रहने पनि बताएका छन् ।

गत बुधबार इसाइहरुको कार्यक्रममा बोल्ने क्रममा मन्त्री किराँतीले कृश्चियन धर्म नमान्नेलाई संविधान बिरोधी र देशद्रोही भन्दै हत्कडी लगाएर जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए ।