
उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले गठबन्धन गरेर कांग्रेसका शुभेच्छुकमाथी धोका भईरहेको दोहोर्याउनु भएको छ ।
कांग्रेस उदयपुर जिल्ला सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै थापाले कांग्रेसप्रति शुभेच्छा राख्नेहरुलाई कहिले कलम त कहिले हसिया हतौडामा मत हाल्न लगाएर धोका दिएको बताउनुभयो ।
कांग्रेसले बोलेर हैन संयम भएर देशको राजनीतिक परिवेशलाई सम्हाल्नु पर्ने भन्दै उहाँले निर्वाचन सोचेर हैन जनता सोचेर काम गरे जनताले कांग्रेसलाई मत हाल्छन भन्नुभयो । आन्दोलनको जगमा उभिएको कांग्रेस पार्टीलाई अब जनतालाई समृद्ध बनाउने अभिभारा आएको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्