
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन नदिने बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आफु रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै प्रकारको आँच आउन नदिने बताउनुभयो ।
उहाँले संविधानले निर्देशन गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्