१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्रिसमस डे का अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीको शुभकामना


52
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

क्रिसमस डे का अवसरमा शुभकामना दिंदै राष्ट्रपति पौडेलले यो पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भएको छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको बताउनु भएको छ ।

इसाई धर्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।