१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल सुपर लिग फुटबलको प्ले–अफ् चरणका खेलहरु आजबाट हुँदै


832
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको प्ले–अफ् चरणका खेलहरु आजबाट सुरु हुँदैछन् ।

प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा सोमबार साँझ पोखरा थन्डर्स र धनगढी एफ.सी भिड्नेछन् । लिगमा शीर्ष स्थानमा रहेको पोखरा र दोस्रो स्थानको धनगढीबिचको बिजेता टोली फाइनलमा प्रवेश गर्नेछ ।

पराजित हुने टोलीले मंगलबार हुने काठमाडौं रेजर्स र ललितपुर सिटी एफ.सी.बिचको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ । उक्त खेलको विजेता पनि फाइनलमा प्रवेश गर्नेछ ।

९ टोली सहभागि नेपाल सुपर लिग फुटबलको लिग चरणमा शीर्ष चार स्थान हात पार्ने टोलीहरुबिच प्ले–अफ् खेल हुन लागेको हो । लिगमा ८ खेलबाट १५ अंक जोड्दै पोखरा, १३ अंक जोड्दै धनगढी, १२ अंक जोड्दै काठमाडौं तथा १० अंक जोड्दै ललितपुर प्ले अफ्मा पुगेका हुन् ।

समान १० अंक जोडेका बुटवल लुम्बिनी र झापा एफ.सी भने गोल अन्तरको आधारमा ललितपुर सिटीसँग पछि पर्दै समुह चरणबाटै बाहिरिन बाध्य भए ।