
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ का किसानले लगाएको रुख टमाटरमा रोग लागेपछि आम्दानी हुन छाडेको छ ।
कमिलालगायतका कीराका कारण बोट सुक्ने, बोट नसप्रिने आदि समस्या देखा परेपछि केही वर्ष यता उत्पादन घटेको हो । सिजनमा ५०–६० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका किसान अहिले उत्पादन घटेपछि चिन्तित भएका छन् ।
१० रोपनी जग्गामा लगाइएको रुख टमाटरबाट यसवर्ष मुश्किलले १० हजार रूपैयाँ आम्दानी भएको घुन्साका स्थानीय किसान निमदावा शेर्पाले बताउनुभयो ।
अचार र तरकारीका लागि प्रयोग गरिँदै आएको रुख टमाटर मागका आधारमा ओखलढुंगा सदरमुकाम र काठमाडौं समेत जाने गरेको थियो ।
बहुवर्षे बालीका रुपमा लगाइएको रूख टमाटरमा ३–४ वर्ष नबित्दै रोग देखा परेको हो । रोग नलाग्दा यहाँका किसानले रूख टमाटरबाट १८ वर्षसम्म आम्दानी लिएको अनुभव छ ।
प्रतिक्रिया दिनुहोस्