२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ध्यान शिविरका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य : योगेश भट्टराई


312
Shares

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ ।

नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै सचिव भट्टराईले ध्यान शिविरहरु नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सो शिविरलाई हिमालय ध्यान शिविरको रुपमा चित्रण गर्दै त्यस्तो ध्यान शिविर नेपालमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ ।

सचिव भट्टराईले हिमालय क्षेत्रबाट नै सो शिविर प्रादुर्भाव भएकाले नेपाल यसको पेटेन्ट राईट मुलुक भएको जिकिर समेत गर्नुभयो । उहाँले त्यस्ता खालको ध्यान शिविरहरुमा लागि नेपाल विश्वकै सुन्दर ठाउँ भएकाले नेपालले पनि त्यस्ता सामुहिक ध्यान शिविर सञ्चालन गर्दै अघि बढ्नसक्ने समेत बताउनुभयो ।

गत पुस ३ गतेबाट सुरु भएको सो ध्यान शिविर १० दिनसम्म चल्ने छ । ७० राष्ट्रका करिब १ लाख ५० हजार साधकहरुको सहभागिता रहेको बताइएको सो शिविरमा गुरु शिव कृपानन्द स्वामीले प्रवचन दिइरहनु भएको छ ।