१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप महिला टी-ट्वेन्टी क्रिकेटमा मधेश र लुम्बिनी प्रदेशको जित


0
Shares

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित निकालेको छ ।

मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेशले पहिलो जित दर्ता गरेको हो ।

मधेशले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभर ४ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो । यो जितसँगै मधेसले ४ खेलबाट दुई अंक जोडेको छ भने गण्डकीको पनि दुई अंक नै रहेको छ ।

आजै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले कर्णालीलाई ३० रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । १३४ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीले चार खेलमा २ जित र २ हारसहित ४ अंक बटुलेको छ भने कर्णालीले भने खेलेका सबै चार खेल हारेको छ ।