
सिन्धुली । सिन्धुलीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नगरपालिका–२ का कुमार राई र खोटाङको दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको हो ।
कुमारको स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै र मुनाकलाको घटनास्थलमै मृत्यु भएको सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका थिए ।
मन्थली नगरपालिका– १३ फुलासीका २४ वर्षीय बस चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्