१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भयो : परराष्ट्रमन्त्री साउद


39
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको छ ।

सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको हो । उहाँले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरु विदेशिरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताउनुभयो ।

मन्त्री साउदले कामदारका रुपमा पनि विदेशिने गरेका भन्दै क्षमतावान व्यक्तिहरुले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताउनुभयो । उहाँले देशको कुल जनसंख्यामध्ये युवाहरुको जनसंख्या धेरै रहेको उल्लेख गर्दै देशेको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताउनुभयो ।

मन्त्री साउदले काम गर्ने जनसंख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताउनुभयो । उहाँले अहिले काम गर्ने समय भएको भन्दै सबैको ध्यानाकर्षण गराउनु भयो ।

मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताउनुभयो । उहाँले राज्यका सबै क्षेत्रहरुमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो ।