१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री किराँतीको राजीनामा माग गर्दै सनातन धर्मावलम्बीद्वारा प्रदर्शन


442
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीको विवादास्पद अभिव्यतिको विरोधमा नेपाल सनातन धर्म संस्कृति संगठनले आज पनि राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)को अगुवाईमा सनातन धर्म संस्कृति सम्बन्धि विभिन्न संस्थाहरु सम्मिलित विरोध प्रदर्शन पशुपति, गौशालबाट सुरु भएको थियो । गौशालादेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालिएको थियो । संसद भवन घेराउ गर्न भन्दै अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले नयाँ बानेश्व चोकमै रोकेपछी उनीहरुले सडकमै केही बेर धर्ना दिएका थिए ।

प्रदर्शनकारीहरुले मन्त्री किराँतीको विरोधमा नारा लगाउनुका साथै तत्काल राजीनामा दिन माग गरेका थिए । बानेश्वर चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले किराँतीले राजिनामा नदिएसम्म विरोध कार्यक्रम जारी रहने पनि बताएका छन् ।

गत बुधबार इसाइहरुको कार्यक्रममा बोल्ने क्रममा मन्त्री किराँतीले कृश्चियन धर्म नमान्नेलाई संविधान विरोधी र देशद्रोही भन्दै हत्कडी लगाएर जेल हाल्नुपर्ने भन्दै उत्तेजक भाषण गर्नुभएको थियो ।