
भक्तपुर । योमरी पुन्हिका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ ।
संगितग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पुन्हिका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय संगितका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो ।
भक्तपुरको खौमा स्थित ख्वप क्षेंंमा योमरी पुन्हिको दिन म्युजिक फेस्टिवल हुने आयोजक एवं गायक सुनिल लोहलाले जानकारी दिनुभयो । उहाँले एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउने उद्देश्यका साथ उक्त म्युजिक फेस्टिवल हुन लागेको बताउनुभयो ।
लोहलाले यो किसिमको साङ्गीतिक कार्यक्रम भक्तपुरमा नै पहिलो भएको उहाँले बताउनुभयो । उहाँले योमरी पुन्हिको दिन साँझ ४ बजे देखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने बताउनुभयो ।
उहाँले हरेक वर्ष यस्तो साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्