
काठमाडौं । पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालमा सोमबार साँझ भएको खेलमा पोखरालाई ३ का विरुद्ध ४ गोलले हराउँदै धनगढी फाइनलमा प्रवेश गरेको हो ।
९० मिनेटको निर्धारित समयमा दुबैतर्फबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टीमले १ –१ गोलको बराबरी गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा धनगढी ४–३ ले बिजयी भएको हो । लिग चरणमा ८ खेलबाट पोखराले १५ अंक जोडेको थियो भने धनगढीले १३ अंक जोडेको थियो ।
प्रतिक्रिया दिनुहोस्